Powered by Blogger.
 
Tuesday, April 1, 2014

'निकम्मा'

2 comments
'निकम्मा'

अामाले भन्नुभएको यो शब्द 'निकम्मा' के हो मलाई थाहा थिएन, मलाई चित्त पनि दुखेन किनकि यसको अर्थ बुझेको थिइनँ अनि शब्दकोश पल्टाउन थालें तर बिचैमा रोकेर सोचें कि मैले के गल्ति गरेको छु र 'निकम्मा' भन्नुभो' ।
'निकम्मा' भन्ने समयमा अरु के-के भन्नुभएको थियो भनेर याद गरें, "पुर्ख्यौली जग्गा बेचिस्, भएको एउटा बाइक पनि बेचिस्, फाइनान्समा लिएको ऋण तिरेको छैनस्, जागिर छोडिस्, काम केहि गर्दैनस्, त्यो टि.भी. पनि बेच् अनि केहि नपाए मलाई पनि बेचिदे..."
यसो सोचें कि बाइक, जग्गा बेच्नेलाई 'निकम्मा' भन्छन् त ? अनि अरु के बेचेको छु भनेर याद गरें, याद अायो कि ८ हजारमा किनेको सुन १६ हजारमा बेचेर नयाँ व्यापार गर्दा डुबेको...बेचेर खानेलाई 'निकम्मा' भन्छन् त ? प्रश्नको जवाफ पाइनँ अनि फेरी सोचें कि पढ्न नअाउने अामाले के सहि शब्द प्रयोग गर्नुभो' होला र ?
तर पनि मनमा अनौठो बेचैनी भै'रह्यो, के हो 'निकम्मा' ?

नोट: 'निकम्मा'को एक अंश
लेखक: अनिल सम्राट

2 Responses so far.

  1. mani says:

    Yeti dherai Example haru diyeko rahechha ta sir Nikamma ko Aajhai ni confused? Nikamma ko actual meaning chahin Kaam Nalagne, Worthless haina ra?

  2. Unknown says:

    के हो 'निकम्मा'.....?
    म अझै सोचमा नै छु ।

Leave a Reply

 
Anil Samrat © 2011 DheTemplate.com & Main Blogger. Supported by Makeityourring Diamond Engagement Rings

You can add link or short description here