'नजन्मिएको बादल'
...मानव र मानवी (प्रेमि र प्रेमिका) बन्द कोठामा रमाइलो गफगाफमा मस्त थिए, वर्तमान बिर्सिएर भविष्यको योजना गर्दैथिए अनि मायाको लेखाजोखा गर्न व्यस्त थिए ।
'तिमी मलाई कति माया गर्छौ ?' मानवीले सोधिन् ।
मानव एकैछिन टोलायो अनि भन्यो, 'अाकाशको अाकारभन्दा धेरै, समुन्द्रमा भएको पानीभन्दा बढी, ताराहरुको संख्याभन्दा धेरै, तिमीले जिन्दगीभर जति सास फेर्छौ त्यसको गन्तिभन्दा बढी ।'
मानवी मुस्कुराउँदै सुनिरहिन्, शिर मानवको काँधमा राखेर लामो सास फेरिन् ।
'तिमी कति माया गर्छौ त मलाई ?' मानवले प्रश्न गर्यो अनि सदाबहार जवाफ अायो....तिमीले भन्दा धेरै ।
मानवीले पाखुरा समाइरहँदा उनको वक्षस्थलमा भएको स्पर्श पनि अनुभव गर्दै थियो मानव, उसले पनि कम्मरमा हात हाल्दा मानवीको अंगप्रत्यंगमा झन्झनाहत हुँदैथियो ।
मानवी बोलिन्, 'तिमीलाई छोरा मनपर्छ कि छोरी ?'
'मलाई त छोरी नै मनपर्छ, तिमीलाई नि ?' मानवले प्रतिप्रश्न गर्यो ।
'मलाई त छोरा मनपर्छ, अनि छोरीको नाम सोचेको छ त ?' मानवीले सोधिन् ।
मानवले जवाफ फर्कायो, 'छैन, तिमीले छोराको नाम सोचेको छ त ?'
मानवीले काँधबाट शिर उठाएर अाखाँमा हेरेर भनिन्, "मैले सोचेको छु, हाम्रो छोराको नाम हुनेछ...'बादल' ।"
दुवै बेस्कन अंगालोमा बाँधिए, दुवैको तनमनमा करेन्ट प्रवाह भै'रहेको थियो । अालिंगन सँगसँगै चुम्बनमा पनि व्यस्त भए र संसार भुले । मानवका हातहरु सल्बलाउन थाले, मानवीले कुनै इन्कार गरिनन् अनि शरिरका लुगाहरु एक-एक गर्दै कम हुनथाल्यो । दुवै स्वर्गिय अानन्द पाउनमा लिप्त रहे ।
दुवैको होस तब अायो जब जोश सेलायो, तर पनि केहि नबोली अंगालोमा नै कस्सिएर बसिरहे ।
...केहि समयपछि...
'मानव सुनन, मेरो महिनावारी रोकियो, हामीले त्यो दिन ठूलो गल्ति गर्यौ, अब के गर्ने ?' मानवीले निराश हुँदै सुनाइन् ।
मानव झस्कियो र तुरुन्तै गर्भपतन गराउन लग्यो, मानवीले सजिलै मानिन् । गर्भपतन सफल भयो, दुवैले ढुक्कको सास फेरे तर तिनीहरुले बिर्सिसकेका थिए....तिनीहरुको 'नजन्मिएको बादल' ।।।
नोट: 'नजन्मिएको बादल'को एक अंश
लेखक: अनिल सम्राट

Sexual/Romantic kura ali Hunu parne vanda dherai vayena ra? Katha ko mukhye pato ra sirshak le Bujhauna khojeko kura tyo Bich ko Sexual remarks bina pani sambhab thio mero bichar ma.
हुन त तपाईंको कुरा ठीक हो, तर शिर्षकलाई न्याय बिचकै कुराले दिएको छ जस्तो लाग्छ ।