Post title 1
Etiam augue pede, molestie eget, rhoncus at, convallis ut, eros...More
Post title 2
Aliquam sit amet felis. Mauris semper, velit semper laoreet dictum, quam diam dictum urna, nec placerat elit nisl in quam...More
Post title 3
Etiam augue pede, molestie eget, rhoncus at, convallis ut, eros...More
Post title 4
Aliquam sit amet felis. Mauris semper, velit semper laoreet dictum, quam diam dictum urna, nec placerat elit nisl in quam...More
Thursday, May 15, 2014
:: एक मनोवाद ::
[यो मनोवाद वि. सं. २०६८-११-११ मा तनाव हुँदा नन-स्टप लेखिएको हो]
म के सोच्दैछु, त्यो मलाई पनि थाहा छैन, जे सोच्दैछु, सायद राम्रै सोच्दैछु होला...म त राम्रो मान्छे हो भनेर मलाई सधैं लागिरह्यो तर अाज खै के भो मलाई...? मलाई त्यो राम्रो मान्छेको छवि कता-कता गायब भएको जस्तो लाग्यो, मेरो कहानी धेरै अचम्म भयो । कहानी त हरेक व्यक्तिको जिन्दगीको हुन्छ तर अाफ्नो जस्तो कहानी कसैको पनि बन्दैन भनेर सबैलाई लाग्छ ।
मैले अब के गर्नुपर्छ भनेर मलाई नै थाहा छैन, अब म के गर्छु भनेर पनि थाहा छैन, के गर्ने भनेर पनि पत्ता लगाउन सकेको छैन, अब त धेरै नराम्रो अवस्थामा पुगिसकें ।
सोचेको जस्तो जिन्दगी नपाएको त होइन, तर के नपुगे जस्तो हुन्छ । सोचे जस्तो जिन्दगी त प्राय:ले पाउने कुरै भएन तर मैले जे चाहें, त्यो पाइनै रहेकोछु । अहिलेको जिन्दगी भने मैले चाहेको जिन्दगीभन्दा बिल्कुलै फरक छ । खल्तीमा १ रुपैयाँ पनि नहुने स्थिति, कस्तो स्थिति ? पेट्रोल हाल्नको लागि क्षमता नहुनु अवस्था, कस्तो अवस्था ? खाजा खान अाफैले खर्च गर्न नसक्नु स्थिति, कस्तो स्थिति ? अझ मोबाइलमा रिचार्ज गर्न पनि नसक्ने स्थिति, कस्तो स्थिति ? नयाँ मोबाइल किन्ने त कुरै छाडौं...
सायद यस्तै कारणले होला, हिजोअाज धेरै रिस उठ्छ । अाफ्नो मान्छेहरुसँग रिसाउने बानी नै भैसक्यो । मोबाइल फुटाउने कुरा त परको नै हो, अाफैले अाफैलाई दु:ख दिएको त कसलाई थाहा छ र ? कस्तो पनि दिन देख्नुपर्यो...
हुन त मैले धेरै राम्रा दिनहरु पनि बिताएको छु, बाइक किन्ने इच्छा थियो, किनें । डान्स सिक्ने रहर थियो, पूरा गरें । नाम कमाउने सोच थियो, पूरा गरिसकें भने दाम पनि कुनै बेला नकमाएको होइन । चाहे जति खर्च गरेर हिंडेकै हो । चाहे पछि जे पनि पाउँछु भन्ने मेरो विश्वासले नै यस्तो भएको हुनसक्छ, तर अाज किन त्यो विश्वास यो मनमा जगाउन सकेको छैन, अब मैले के गर्नुपर्छ त...?
मेरो सिर्जनशिलताको प्रयोग नै गर्न सकिरहेको छैन, मेरो प्रशंसा गर्ने व्यक्तिहरु कम छैनन् तर पनि त्यो प्रशंसाको हकदार अाफूलाई मान्न सकिरहेको छैन । खै किन हो, यो जिन्दगीदेखि म दिक्क भै'सकें र अब नयाँ जिन्दगीको शुरुवात गर्न चाहन्छु तर कसरी शुरुवात गर्ने...? शुरुवात के हो पनि त थाहा छैन, यो जिन्दगीको अन्त्य के हो पनि थाहा छैन, मलाई किन यस्तो भइरहेछ पनि थाहा छैन । जतिसुकै खुलेर हाँस्न खोज्दा पनि नक्कली हाँसो मात्र निस्कन्छ । के मेरो मुस्कान अब फर्कंदैन ? म मुस्काउन चाहन्छु, मेरो त्यो सबैले मनपराउने मुस्कान फर्काउन चाहन्छु । नयाँ जिन्दगी... सबैले मनपराउने नयाँ जिन्दगी बाँच्न चाहन्छु । मलाई माया गर्ने मान्छेहरुलाई निराशामा राख्न कदापि चाहिनँ तर पनि नसोचेको यो जिन्दगीले मलाई कहाँ पुर्यायो । अब त किन-किन बाँच्ने इच्छा पनि कम हुँदैछ, तर के गर्ने...? अामाको स्वास्थ्य अवस्था बिग्रेको बेला छोडेर पनि कसरी जानु ? अामा-बाबुले छोरा-छोरीलाई धेरै माया गरेको हुन्छ, मलाई पनि धेरै माया गर्नुभएको छ, मैले किन त्यो माया फर्काउन सकिनँ त ? माया फर्काउन भएपनि मैले बाँच्नुपर्छ, म बाँचेर धेरै काम गर्नुछ । मर्ने कुरा सोच्नुसम्म नि हुँदैन । हुनत म मरेर कसलाई के नै हुन्छ र ? मलाई माया गर्ने व्यक्तिहरुलाई केहि समय गाह्रो हुन्छ, अनि फेरि अाफ्नै दुनियाँमा फर्किहाल्छन् नि...मलाई माया गर्ने यो संसारमा कति जना नै छन् होला र...? म मरेर कति जना दु:खी हुन्छन् होला ?
मिडियामा लागेर अलिकति नाम कमाएको छु, त्यहि नाम थाहा हुनेहरुलाई मनमा चसक्क पर्ला । परिवार-अाफन्तलाई केहि समय रुवाउला । साथीभाईहरु केहि दिन स्तब्ध होला । मलाई धेरै माया गर्ने मान्छे केहि समय रोला । स्कूल-कलेजका साथीहरुलाई नराम्रो लाग्ला । दुश्मनहरु खुशी होलान्, मलाई त के हुन्छ र ? मर्नुभन्दा अगाडि गाह्रो हुन्छ तर मरेपछि के हुन्छ, मलाई के थाहा ? तर... म किन मर्ने ? म त सबैको अाशाको केन्द्र, मैले त यो संसारमा धेरै राम्रो काम गरेर नाम अनि दाम कमाउनु छ, र त्यो काम गर्ने मेरो प्रतिवद्वता भयो !!
©अनिल सम्राट
Tuesday, April 1, 2014
'निकम्मा'
'निकम्मा'
अामाले भन्नुभएको यो शब्द 'निकम्मा' के हो मलाई थाहा थिएन, मलाई चित्त पनि दुखेन किनकि यसको अर्थ बुझेको थिइनँ अनि शब्दकोश पल्टाउन थालें तर बिचैमा रोकेर सोचें कि मैले के गल्ति गरेको छु र 'निकम्मा' भन्नुभो' ।
'निकम्मा' भन्ने समयमा अरु के-के भन्नुभएको थियो भनेर याद गरें, "पुर्ख्यौली जग्गा बेचिस्, भएको एउटा बाइक पनि बेचिस्, फाइनान्समा लिएको ऋण तिरेको छैनस्, जागिर छोडिस्, काम केहि गर्दैनस्, त्यो टि.भी. पनि बेच् अनि केहि नपाए मलाई पनि बेचिदे..."
यसो सोचें कि बाइक, जग्गा बेच्नेलाई 'निकम्मा' भन्छन् त ? अनि अरु के बेचेको छु भनेर याद गरें, याद अायो कि ८ हजारमा किनेको सुन १६ हजारमा बेचेर नयाँ व्यापार गर्दा डुबेको...बेचेर खानेलाई 'निकम्मा' भन्छन् त ? प्रश्नको जवाफ पाइनँ अनि फेरी सोचें कि पढ्न नअाउने अामाले के सहि शब्द प्रयोग गर्नुभो' होला र ?
तर पनि मनमा अनौठो बेचैनी भै'रह्यो, के हो 'निकम्मा' ?
नोट: 'निकम्मा'को एक अंश
लेखक: अनिल सम्राट

'नजन्मिएको बादल'
'नजन्मिएको बादल'
...मानव र मानवी (प्रेमि र प्रेमिका) बन्द कोठामा रमाइलो गफगाफमा मस्त थिए, वर्तमान बिर्सिएर भविष्यको योजना गर्दैथिए अनि मायाको लेखाजोखा गर्न व्यस्त थिए ।
'तिमी मलाई कति माया गर्छौ ?' मानवीले सोधिन् ।
मानव एकैछिन टोलायो अनि भन्यो, 'अाकाशको अाकारभन्दा धेरै, समुन्द्रमा भएको पानीभन्दा बढी, ताराहरुको संख्याभन्दा धेरै, तिमीले जिन्दगीभर जति सास फेर्छौ त्यसको गन्तिभन्दा बढी ।'
मानवी मुस्कुराउँदै सुनिरहिन्, शिर मानवको काँधमा राखेर लामो सास फेरिन् ।
'तिमी कति माया गर्छौ त मलाई ?' मानवले प्रश्न गर्यो अनि सदाबहार जवाफ अायो....तिमीले भन्दा धेरै ।
मानवीले पाखुरा समाइरहँदा उनको वक्षस्थलमा भएको स्पर्श पनि अनुभव गर्दै थियो मानव, उसले पनि कम्मरमा हात हाल्दा मानवीको अंगप्रत्यंगमा झन्झनाहत हुँदैथियो ।
मानवी बोलिन्, 'तिमीलाई छोरा मनपर्छ कि छोरी ?'
'मलाई त छोरी नै मनपर्छ, तिमीलाई नि ?' मानवले प्रतिप्रश्न गर्यो ।
'मलाई त छोरा मनपर्छ, अनि छोरीको नाम सोचेको छ त ?' मानवीले सोधिन् ।
मानवले जवाफ फर्कायो, 'छैन, तिमीले छोराको नाम सोचेको छ त ?'
मानवीले काँधबाट शिर उठाएर अाखाँमा हेरेर भनिन्, "मैले सोचेको छु, हाम्रो छोराको नाम हुनेछ...'बादल' ।"
दुवै बेस्कन अंगालोमा बाँधिए, दुवैको तनमनमा करेन्ट प्रवाह भै'रहेको थियो । अालिंगन सँगसँगै चुम्बनमा पनि व्यस्त भए र संसार भुले । मानवका हातहरु सल्बलाउन थाले, मानवीले कुनै इन्कार गरिनन् अनि शरिरका लुगाहरु एक-एक गर्दै कम हुनथाल्यो । दुवै स्वर्गिय अानन्द पाउनमा लिप्त रहे ।
दुवैको होस तब अायो जब जोश सेलायो, तर पनि केहि नबोली अंगालोमा नै कस्सिएर बसिरहे ।
...केहि समयपछि...
'मानव सुनन, मेरो महिनावारी रोकियो, हामीले त्यो दिन ठूलो गल्ति गर्यौ, अब के गर्ने ?' मानवीले निराश हुँदै सुनाइन् ।
मानव झस्कियो र तुरुन्तै गर्भपतन गराउन लग्यो, मानवीले सजिलै मानिन् । गर्भपतन सफल भयो, दुवैले ढुक्कको सास फेरे तर तिनीहरुले बिर्सिसकेका थिए....तिनीहरुको 'नजन्मिएको बादल' ।।।
नोट: 'नजन्मिएको बादल'को एक अंश

चेतावनी!!!
चेतावनी!!!
अोई केटा, सुन् मेरो कुरा...तँ केटीलाई धेरै ठूलो नमान् । केटीको लागि धेरै पागल नबन् । केटीको दुलो हेरेर त्यसलाई ठूलो बनाउछस् भने कुलोमा डुबेर मर्नुपर्ला, पछुताउनु पर्ला ।
साथीले भनेको सत्य कुरा विश्वास नगरेर केटीले भनेको झुठलाई विश्वास गर्छस्...साला नामर्द !!!
केटीलाई त्यो बन्द कोठामा केहि घण्टा तल राख्दैमा गर्व गर्नु पर्दैन, बुझिस्...त्यसपछि तँ सँधै तल नै हुने हो । अहिले त झन् बन्द कोठामा पनि केटाहरु तल हुन्छन्, पछाडि हुन्छन्...गर्व गर्ने कुरा होइन यो, याद गर् ।
पुरुषको तुलनामा नारीको जनसंख्या बढी किन छ थाहा छ...??? किनकि नारीको अत्याचार सहन नसकेर धेरैको मृत्यु हुन्छ । तँलाई याद त छ होला, तेरै साथीलाई त्यो केटीले बलत्कार गरेको...अनि रुँदै भनेको 'म त बर्बाद भएँ...म बलत्कृत भएँ तर मैले नै अाइ पिल्स किनेर ख्वाएँ ।' केटीबाट बलत्कृत हुनुछ अनि अाफैले econ, ipills, unwanted किनेर खुवाउनु पनि छ...छि!!! त्यसैले अाजदेखि नारी विरुद्ध नारा लगाउन शुरु गर्, 'पुरुष हिंसा बन्द गरौं ।'
(त्यतिकैमा अलार्म बज्छ अनि केटा बिउँझन्छ...पानी पिएर लामो सास फेर्छ र थाहा हुन्छ कि त्यो अावाज अन्तर्मनको हुन्छ ।)
नोट: 'विवश्ताको अाँधी'को एक अंश

Subscribe to:
Posts (Atom)